×

NMB BANK
NIC ASIA

गण्डकी : ‘द जिओलोजिकल सोसाइटी’बाट हेर्दा करीब ५ करोड वर्षअघि तेथिस सागर थियो । ५०० करोड वर्षअघि भारतीय प्रायद्वीप र युरेसियाका विशाल भूखण्ड (इण्डियन र युरेसियन प्लेट) जुधे । त्यो जुढाइबाट तेथिस सागर हिमाली समुन्द्रमा परिणत हुन पुग्यो ।

Sagarmatha Cement
Muktinath Bank

यी हिमालयको उत्पत्ति कसरी भयो ? यसको तथ्य नजिक पुग्दा ‘तिब्बती सिमान्त पर्वतशृंखला समुद्रबाट उठेर अन्दाजी २००० मिटर अग्लो भई साङ्पो (ब्रह्मपुत्र) र गंगाको जलाधार क्षेत्र बन्यो । यो करोडौं वर्षको दौरानमा ठोक्किएर उठेको पहाड अग्लिँदै गएर अहिलेको हिमाली क्षेत्र बन्यो । त्यही भएकाले अझै हिमाल अग्लिँदैछ । ३ वर्षअघि नेपाल–चीनको संयुक्त पहलमा नापजाप हुँदा सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेको देखायोे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिधा हेर्दा त्यहीबाट बग्ने एक नदी हो ‘गण्डकी’ । महाभारतका कथामा बढी उल्लेख गरिएकाले लेखक तथा अध्येयता सौरभको भनाइ छ, ‘गण्डकी यो नाम महाभारतको धेरै ठाउँमा आउँछ । आदिपर्व, सभापर्व, वनपर्व आदि । गण्डकीको उल्लेख गर्ने महाभारत लेखिएको समय इसापूर्व ६०० लाई मानिएको छ तर गण्ड ऋषिबाट गण्डकी बनेको जानकारी दिने शुरूमा हिमवत्खण्ड हो । जसलाई अरुले पछ्याएका छन् ।’


Advertisment
Nabil box
Kumari

पौराणिक कथाले भन्छ, ‘भगवान् शिवले जालन्धर नामक असुरलाई युद्धमा हराउन सकेका थिएनन् । शिव अप्ठ्यारोमा परेपछि विष्णुले जालन्धरलाई हराउन शिवलाई मद्दत गरेका थिए । जालन्धर नहार्नुमा उनकी पत्नी वृन्दाले पतिप्रतिको विश्वास थियो । वृन्दाले आफ्नो सतित्व बचाएर राखेकाले जालन्धरले अपार शक्ति आर्जन गरेका थिए । जसको शक्तिका कारण शिव हार खाइरहेका थिए । विष्णुले जालन्धरले शक्ति आर्जन गरेको जुक्ति थाहा पाए । विष्णुले जाल रचे । उनले जालन्धरको रूप धारण गरी वृन्दाको सतित्व हरण गरे । जब वृन्दाको सतित्व लुटियो, त्यहीँ बेला जलान्धर शक्तिविहीन बने । त्यहीँ मौकामा जालन्धरलाई शिवले बध गरे । वृन्दाले आफ्नो सतित्व लुटिएको थाहा पाइन् । सतित्व लुटिएको थाहा पाउँदा पति जालन्धर गुमाइसकेकी थिइन् । पति वियोगमा परेकी वृन्दाले भगवान् विष्णुलाई श्राप दिएकी थिइन् । विष्णुलाई वृन्दाले शिला, रुख, झारपात, घाँस भएर जीवन व्यतित गर्नुपरोस् भनेर श्राप दिएकी थिइन् । विष्णुलाई श्राप लाग्यो । कालान्तरमा विष्णुले शालिग्राम, पिपल, तुलसी र कुश भएर जन्म लिनुपर्‍यो । अन्ततः विष्णुले जे धारण गरेर जीवन व्यतित गर्नुपर्‍यो, जो हिन्दू धर्मको आराध्यका लागि नभई नहुने सामग्रीका रूपमा प्रयोग भए ।’

Vianet communication
Laxmi Bank

अर्को कथन अनुसार ‘गण्ड वा गण्डक ऋषिले पहिले स्नान गरी तपस्या गरेका हुनाले गण्डकी नाम रहन गएको’ भनिएको छ । गण्डकी उत्पत्तिबारे हिन्दू धर्ममा बढी वर्णन गरिए पनि बुद्ध धर्मालम्बीको पनि गण्डकीको मूल स्रोत अर्थात् मुहान वरपर उत्तिकै महिमा देखिन्छ । मुख्यगरी हिन्दू धर्मालम्बीहरूले मुक्ति क्षेत्रका रूपमा मान्छन् । गण्डकी स्नान, पिण्ड अर्पणले त्यसको आधारहरू बलिया छन् । यता बुद्धमार्गीहरूले गण्डकीको मुहानलाई २४ तान्त्रिक स्थानमध्ये एक मान्छन् । तिब्बती भाषामा छुमिङ ग्यात्सा अर्थात् सय पानीका रूपमा बौद्धमार्गीहरूले तान्त्रिकको एक अंश मान्छन् । त्यहीँ पानी अर्थात् गण्डकी नदीको मुहानलाई भनिएको भन्ने अर्र्काे तर्क उत्तिकै बलियो छ ।

तेथिस सागर रहेकाले कालीगण्डकी क्षेत्रमा करोडौं वर्षदेखिको जिवास्मा (फोसिल्स) लाई यतिखेर ‘शालिग्राम’ नाम दिएर वा विष्णुको अवतार आदि भनेर मिथकीकरण गरिएको तर्क गर्छन् डा. टेकबहादुर गुरुङ । डा. गुरुङको तर्क छ, ‘खोतलेर हेर्ने हो भने सम्पूर्ण हिमाली भेगमा चक्रपरेका कथित शालिग्राम पाइनु पर्छ भन्ने लाग्छ ।’

कुनै स्थानको नाम त्यहाँको मानव सभ्यतासँग गाँसिन्छ । सभ्यतासँग गाँसिएका कला, साहित्य, संस्कृति, भाषा, भूगोल, ज्ञान, विज्ञान र परम्पराको इतिहास बोकेको हुन्छ । यही तथ्यहरूलाई औंल्याउँदै कृष्णप्रकाश श्रेष्ठले ‘स्थाननामकोश’मा पानीसँग जोडिएको सन्दर्भ औंल्याएका छन्ः

मगर भाषा ‘दी’, (गण्डकी अञ्चल) ‘डी’: मादी, मोदी, मस्र्याङ्दी, मैदी, मल्याङ्दी, म्याग्दी, मर्दी, मिर्दी, सरादी, सुरौदी, सींदी, पौंदी, लब्दी, दोर्दी, ज्याग्दी, गुडी, कैलादी, हर्दी, क्वाङ्दी, चुँदी, याउँदी, स्याङ्खुदी, पार्दी, दरौंदी, रिडी । (‘रि’ अठार मगरातमा बोलिने खाम भाषा हो । त्यसको अर्थ पानी हुन्छ । ‘डी’ बाह्र मगरातमा बोलिने मगर भाषा हो । त्यसको अर्थ पनि पानी हो ।)

शालिग्रामः

तेथिस सागर रहेकाले कालीगण्डकी क्षेत्रमा करोडौं वर्षदेखिको जिवास्मा (फोसिल्स) लाई यतिखेर ‘शालिग्राम’ नाम दिएर वा विष्णुको अवतार आदि भनेर मिथकीकरण गरिएको तर्क गर्छन् डा. टेकबहादुर गुरुङ । डा. गुरुङको तर्क छ, ‘खोतलेर हेर्ने हो भने सम्पूर्ण हिमाली भेगमा चक्रपरेका कथित शालिग्राम पाइनु पर्छ भन्ने लाग्छ ।’

कालीगण्डकीमा मात्रै किन शालिग्राम पाइयो भन्ने सवालको जवाफमा गुरुङले भनाइ छ, ‘यसको पनि भौगोलिक र भौगर्भिक कारण छन् । इण्डियन प्लेट र युरेशियन प्लेटको बाहिरी घेराहरू रण्दाले चिल्लो पारेर मिलाएर ठ्याक्क २ वटा प्लेटलाई जोड्न मिलाइएको जस्तो थिएन । कतै चुच्चो कतै गहिरो आदि थियो । शायद यसैको कारण हुनसक्छ कालीगण्डकी क्षेत्र त्यसरी ठोक्किने क्रममा सबैभन्दा पछि भएको हुनुपर्छ र तिब्बती पठारबाट हिमाल छेडेर दक्षिण आउने सबैभन्दा चौडा र खुकुलो बाटो हुन गएको हुनुपर्छ । त्यसैले कालीगण्डकीको धेरै पूर्वतर्फ भारतको अरुणाञ्चल प्रदेशको क्षेत्रमा पर्ने हिमाली भेगदेखि धेरै पश्चिममा काराकोरम हिमाली भेगमा कथित शालिग्राम च्यापिएर, दबिएर ती हिमालहरूकै गर्भमा लुकेर रहेका हुन सक्छन् तर खुल्ला कालीगण्डकी क्षेत्रमा भने देखिन गयो ।’

इतिहासमा थाक सात सय अर्थात् मुस्ताङ सबैभन्दा अध्ययनको स्थल हो । जुन स्थानबाट कालीगण्डकी बग्छ, त्यसको बगरमा शालिग्राम बग्रेल्टी पाइन्छ । महाभारत, रामायण, स्वस्थानी नेपालीकरण अर्थात् नेपाली भाषामा रूपान्तरण भएको धेरै लामो इतिहास छैन । बाल्मीकि रामायणलाई भानुभक्तले नेपालीमा उल्था गरे । त्यसलाई व्यापकता मोतिराम भट्टले दिए । त्यसअघि हिन्दू धर्म सम्बन्धी लेखिएका किताबहरू नेपालमा भेटिएका छैनन् । अझै भन्नुपर्दा स्वस्थानी, महाभारत, गीता रामायणभन्दा पछिका हुन् ।

सन् १८९९ मा एक जापानी भिक्षु लामा इकाई कावागुची थाकखोला र डोल्पा हुँदै तिब्बत जान भनी काठमाडौंबाट गोप्य रूपमा निस्केका थिए तर उनी चराङमा १ वर्षभन्दा बढी बसेको उल्लेख गरेका छन् । गण्डकी प्रदेशको प्राकृतिक सौन्दर्यताले उनलाई त्यसरी बस्न बाध्य पारेको थियो । 

‘थाकखोला धेरै पहिलेदेखि नै महत्त्वपूर्ण व्यापारिक मार्ग रहेको हुनुपर्छ तर लिखित रूपमा यहाँको व्यापारको विवरण अठारौं शताब्दीको मध्यतिरदेखि मात्र र खासगरी सन् १८५५–५६ को नेपाल तिब्बत युद्धपछि मात्र उपलब्ध हुन्छ । एउटा भन्सार अड्डा दानामा सन् १८६२ मा स्थापित भएको थियो । सन् १८६९ देखि भन्सारको ठेक्का कोबाङका १ जना बलवीर धिमचनले लिए ।

यो ठेक्का छोटो अवधिका लागि स्थानीय गौचन परिवारले र लमजुङका लामिछानेले पाए तापनि पछि आफूलाई शेरचन नामकरण गरेर धिमचनका परिवारले नै सन् १९२८ मा नूनको ठेक्का नतोडिएसम्म पाइरहे,’ डा. हर्क गुरुङः ‘मैले देखेको नेपाल¬’ पृष्ठ–१६४ ।

मध्यकालीन नेपालको चौबीसे राज्य गण्डकी प्रदेशको एक महत्त्वपूर्ण स्थान कालीगण्डकीको अहिले पुनः चर्चा हुनु गौरवको विषय हो । हिमाल पारीको जिल्ला मुस्ताङको दामोदरकुण्ड । जुन कुण्ड कालीगण्डकीको मूल मुहान हो । त्यही मुहानबाट बग्ने कालीगण्डकीको किनारमा पाइने शालिग्राम हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुका रूपमा पुज्छन् । अघिल्लो महिना २ ढुंगाले निक्कै चर्चा पायो । म्याग्दी गलेश्वर काली किनारबाट साइत जुराएर धार्मिक विधिअनुसार क्षमा पूजाआजा र बाजा बजाएर बेनीबाट बिदाइ गरी पत्थर (देवशिला) अयोध्या पुर्‍याइयो ।

बेनी–पोखरा हुँदै जनकपुरधाम पुर्‍याउँदा ती पत्थरले ‘भगवान्’को रूप धारण गरिसकेका थिए । हजारौंको दर्शन र पूजाआजाले । नेपालभित्र धेरथोर हो । गोरखपुरदेखि अयोध्यासम्मका दृश्य ‘त्रेतायुग’ सरह देखियो । अहिलेसम्मका लिखत, भेटिएका प्रमाणले गण्डकी आफैंमा सम्पन्न हो । गण्डकीको इतिहास, सभ्यता, भाषा, संस्कृति, रहनसहन, समाज निर्माणले कालीगण्डकीको जग हरेक पक्षबाट बलियो छ भन्ने मान्यता स्थापित गरेको छ ।

इतिहासमा थाक सात सय अर्थात् मुस्ताङ सबैभन्दा अध्ययनको स्थल बनेको छ । सन् १८९९ मा एक जापानी भिक्षु लामा इकाई कावागुची थाकखोला र डोल्पा हुँदै तिब्बत जान भनी काठमाडौंबाट गोप्य रूपमा निस्केका थिए तर उनी चराङमा १ वर्षभन्दा बढी बसेको उल्लेख गरेका छन् । गण्डकी प्रदेशको प्राकृतिक सौन्दर्यले उनलाई त्यसरी बस्न बाध्य पारेको थियो ।

जहाँबाट ‘देवशिला’ उत्खनन् गरियो, त्यसको बायाँतिर माथि पूर्वीय दर्शनको खानी छ । ज्योतिष विज्ञानको घर पाङ । जहाँ चिना, चिर्कटो, हस्तरेखा, आखत् लगायत हेर्ने काम कहिलेबाट शुरू भएको हो भन्ने यकिन छैन तर उनीहरूको महिमा व्याप्त छ । अहिलेसम्म भेटिएका दस्तावेजहरूले संवत् ११९० सालयताका प्रमाणहरू भने फेला परेका छन् । भेटिएका दस्तावेजहरूमा दैवज्ञ नामाखर रिजालले बाँसका सिन्का र मयूरको प्वाँख, सिमी, बोडीको पातबाट बनाइएको मसी प्रयोग गरेर वर्षाैं पहिले लेखेको ‘भास्वती’बाट पनि यसको पुष्टि भएको छ । प्रमाणहरू अनुसार १२ सय वर्ष अगाडि दैवज्ञ नामाखरले लेखेको किताबमा आफूले अवन्ती देशमा पढेको भनी उल्लेख गरेका छन् ।

कालीगण्डीको वैभवबारे जनकविकेसरी धर्मराज थापाले भनेका छन्, ‘यस (धवलागिरि) अञ्चलको उत्तरी भेकलाई नेपाली भोटेहरूको रजस्थल भन्दिएमा अत्युक्ति छैन । थकालीहरूको पनि यहाँ राम्रो बसोबास छ । एक किसिमले राडीपाखी र गलैंचा बुन्ने व्यवसायमा तल्लीन भएको यहाँको स्थितिलाई निहार्दा यो भेक घरेलु शिल्पकलाको एउटा सानो व्यावसायिक केन्द्र हो कि भन्ने भान पर्दछ,’ ‘गण्डकीका सुसेली’ पृष्ठ–२३५ ।

इतिहासमा थाक सात सय अर्थात् मुस्ताङ सबैभन्दा अध्ययनको स्थल बनेको छ । सन् १८९९ मा एक जापानी भिक्षु लामा इकाई कावागुची थाकखोला र डोल्पा हुँदै तिब्बत जान भनी काठमाडौंबाट गोप्य रूपमा निस्केका थिए तर उनी चराङमा १ वर्षभन्दा बढी बसेको उल्लेख गरेका छन् । गण्डकी प्रदेशको प्राकृतिक सौन्दर्यले उनलाई त्यसरी बस्न बाध्य पारेको थियो ।

कालीकगण्डकीको सुन्दरता, सभ्यता, धार्मिक महत्त्व अहिलेदेखिको होइन । भौगोलिक र भौगर्भिक अध्ययन सबैभन्दा बढी बलियो जग हो । त्यससँगै जोडिएको धार्मिक आस्था, पूर्वीय दर्शन व्याख्या, ज्योतिष विज्ञानका विज्ञहरूको थातथलोको महत्त्व उत्तिकै छ । अयोध्या पुगेका ती २ पत्थर (शालिग्राम) मा रामको बालस्वरूप र सीताको प्रतिमा बन्नेछ । अयोध्यामा निर्माणाधीन राम मन्दिरलाई जति महत्त्व दिइनेछ, त्यति नै महत्त्व कालीगण्डकीबाट लगिएका ती शालिग्रामको समेत चर्चा गरिनुपर्छ ।

जसरी अयोध्या–जनकपुरपको सम्बन्ध छ, त्यसैगरी कालीगण्डकीसम्म त्यो सम्बन्धलाई विस्तार गरिनुपर्छ । अयोध्याको सम्बन्ध कालीगण्डकीसँग जोडिएन भने गलेश्वरदेखि अयोध्या पुर्‍याउँदा २ शालिग्रामप्रति आमनागरिक भक्तजनहरूले देखाएको अथाह भक्तिभाव र श्रद्धाको अपमान हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x