
काठमाडौं, ९ भदौ – १५ वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा पुगेको छ । बंगलादेशलाई ४–२ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो । अब नेपालले उपाधीका लागि भारतसँग भिड्ने छ । भारत भुटानाई हराउँदै फाइनलमा गएको हो ।
शुक्रवार सातदोबाटो स्थित एन्फा कन्प्लेक्समा भएको खेलमा नेपालले बंगलादेशलाई हराउँदै फाइनलको यात्रा तय गर्यो । आइतवार नेपाल र भारतले उपाधीका लागि सोही मैदानमा खेल्ने छन् ।