
प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्म स्थगित भएको छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले सूचना प्रकाशित गर्दै प्रतिनिधिसभा बैठक चैत ५ गते आइतवार दिउँसो १ बजेसम्म स्थगित भएको जनाएका छन् । बैठक बुधवार दिउँसो १ बजे बस्ने निर्धारण गरिएको थियो, जुन सारिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिँदै बाहिरिएपछि प्रचण्डले विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिने कार्यक्रम राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै हुने देखिएको छ । संसद बैठक १८ दिन पछाडि धकेलिएपछि विश्वासको मत लिने कार्य पनि त्यसपछि नै हुने भएको छ ।
राष्ट्रपति निर्वाचन लगायत कारण देखाएर संसदको बैठक लामो समयका लागि स्थगित गरिएको हो । यसबीचमा सभामुख देवराज घिमिरे विदेश भ्रमणमा जाँदैछन् । घिमिरे फागुन २६ देखि चैत २ गतेसम्म बहराइनमा हुने अन्तर पार्लियामेन्ट्री युनियन (आईपीयू) को बैठकमा सहभागी हुन जाने कार्यक्रम छ ।
संसद बैठक स्थगित भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम पर सरेको छ । चैत्र १३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।
हेर्नुहोस्, सूचना :
