०५ साउन २०८३, मंगलबार

प्रदेश १ को नाम 'कोशी' हुने भएपछि रोइन् जसपाकी सांसद निर्मला लिम्बू

फागुन १७, २०७९
प्रदेश १ को नाम 'कोशी' हुने भएपछि रोइन् जसपाकी सांसद निर्मला लिम्बू

प्रदेश १ की स्वास्थ्य मन्त्री निर्मला लिम्बू संसद् बैठकमा रोएकी छन् ।

नामाकरण गर्न बसेको प्रदेश सभाको बैठकमा उनी रोएकी हुन् । बहुपहिचानको पक्षमा खुलेकी लिम्बूले रोष्टमबाट रुँदै भनिन्, 'गोली खान सजिलो हुने तर पहिचान बिर्सिन नसकिने रहेछ।'

पहिचानलाई सती पठाएको समेत उनले बताइन् । उनी जनता समाजवादीकी एक्ली सांसद हुन्।

'नेपालको सबैखाले आन्दोलन गरेको विदितै छ,' उनले भनिन्, 'सबै आन्दोलनको नेतृत्व आदिवासीले गरेका थिए तर उनीहरूलाई सती पठाइयो ।'

आँशु पुछ्दै लिम्बूले प्रदेश १ का जनताले दिएको मतको सदुपयोग नभएको समेत बताइन् ।

संघीयतालाई कमजोर बनाउन यथास्थितिवादी शक्ति लागेका पनि आरोप लगाइन्।  सती गएर भए पनि आफूले भूगोललाई मान्नुपर्ने बाध्यता रहेको उनले बताइन्। 

'किरात', 'लिम्बूवान्' 'सगरमाथा' नाम राख्ने पक्षमा नेकपा एस जसपाले प्रदेशसभामा प्रस्ताव पेश गरेका थिए, बहुमतले त्यो नाम अस्वीकृत भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्