११ साउन २०८३, सोमबार
प्रदेश नामकरण

प्रदेशसभाबाट प्रदेश १ को नाम ‘कोशी प्रदेश’ पारित

फागुन १७, २०७९
प्रदेशसभाबाट प्रदेश १ को नाम ‘कोशी प्रदेश’ पारित

प्रदेश नम्बर १ ले नाम पाएको छ । बुधबार राति बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी पारित गरेको हो। नेकपा एमालेले प्रस्ताव गरेको नामलाई सभामुखले प्रदेशसभामा निर्णायर्थ प्रस्तुत गर्दा दुई तिहाइ भन्दा बढी मतले पारित भएको हो । कोशी नामको पक्षमा ८२ मत प्राप्त भयो भने विपक्षमा जम्मा ४ मत पर्यो । 

कोशी नामबारेको प्रस्तावको पक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले समर्थन गरे भने नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका सांसदलेे विपक्षमा मत जाहेर गरे । 

salt training

कमेन्ट गर्नुहोस्