१४ असार २०८३, आइतबार

करेन्ट लागेर रानाको मृत्यु

फागुन १८, २०७९
करेन्ट लागेर रानाको मृत्यु

धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २० वर्षीय श्रवन रानाको करेन्ट लागेर मृत्यु भएको छ । सोही उपमहानगरपालिका–१ बस्ने लल्ला श्रीवास्तवको घरमा विवाहको टेन्ट गाड्नेक्रममा फलामको पाईप बिजुलीको मेन लाईनमा छुँदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्