२७ जेठ २०८३, बुधबार

लोकतान्त्रिक फोरमका सांसदले बाढीपीडितलाई एक महिनाको तलब दिने

कात्तिक २०, २०७४
लोकतान्त्रिक फोरमका सांसदले बाढीपीडितलाई एक महिनाको तलब दिने

काठमाडौँ ९ भदौ - नेपाल लोकतान्त्रिक फोरमको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको आज यहाँ बसेको संयुक्त बैठकले बाढी पहिरो पीडितहरुलाई पार्टीका १७ जना सांसदहरुको १ महिनाको तलब दिने निर्णय गरेको छ ।

त्यसैगरी फोरमले बाढी पहिरोका पीडितहरुलाई सहयोगका लागि पार्टीका केन्द्रीय पदाधिकारीहरुलाई प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको पार्टी सहमहामन्त्री शम्भुहरि बास्तोलाले बताउनुभयो ।

उपप्रधानमन्त्री एवं पार्टीका अध्यक्ष विजयकुमार गच्छदारको अध्यक्षतामा बसेको बैठकले प्रदेश नं. २ मा हुन लागेको स्थानीय तहको निर्वाचनलाई पार्टीको पक्षमा उपलब्धि हात पार्ने गरि चुनावी तालमेलका लागि जिल्ला कार्य समितिलाई अधिकार दिएको र निर्वाचनमा उत्साहजनक सहभागिताका लागि जिल्ला कार्य समितिलाई निर्देशन दिएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्