चैत ६, २०७९
१० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै ३ दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी ...
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गरेका छन् । सो कृतिका सम्पादक रहेका जोशीका जेठा छोरा अणुराज जोशीले ‘नइ र मेरो शताब्दी’ नामक कृति आफ्ना बुबाको अन्तिम रचना भएको बताए ।
वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा काइँलाले प्राडा. वीणा पौड्यालबाट सम्पादित ‘नरेन्द्रराज प्रसाईको अन्वेषणमा ललितत्रिपुरसुन्दरी’ नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईबाट लिखित ‘मोदनाथ प्रश्रित ः भुइँदेखि शिखरसम्म’ नामक जीवनी ग्रन्थको पनि लोकार्पण गरे । तीन वटै कृति नइ प्रकाशनद्वारा प्रकाशित भएका हुन् ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा डा. मोदनाथ प्रश्रित, प्राडा. वीणा पौड्याल, अणुराज जोशी, वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले धारणा राखेका थिए ।
वैरागी काइँलाबाट वानीरा फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा वानीरा गिरीको पूर्ण कदको शालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताए ।
१० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै ३ दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी ...
कवि श्यामबहादुर भावुकद्वारा रचित ‘फेरि जन्मन्छन् जन्मदैनन्’ काव्यकृतिको लोकार्पण गरिएको छ। दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना तथा प्राध्यापक एवम् प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्यतामा स...
विगत ३ दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ । लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौं लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो । कोरोना...
प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि एक लाख ५० हजार रुपै...
पाल्पाको तानसेनस्थित धवल पुस्तकालय प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कार वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कार कृष्ण उपन्यासका लेखक डा. शंकरप्रसाद गैरेलाई अर्पण गरिएको छ । पुरस्कारको राशी नगद २...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...