२४ जेठ २०८३, आइतबार

आजको मौसम : पहाडी भूभागको केही स्थानमा हल्का वर्षा हुने

फागुन २०, २०७९
आजको मौसम : पहाडी भूभागको केही स्थानमा हल्का वर्षा हुने

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा बदली रही केही ठाउँमा मेघ गर्जनसहित वर्षा हुने र बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेकाले उच्च पहाडी भूभागको केही स्थानमा हल्का हिमपात पनि हुनेछ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने विभागको भनाइ छ । त्यस्तै, भोलि आइतबार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको उच्च पहाडी भूभागको केही ठाउँमा हल्का हिमपात हुने विभागले जनाएको छ ।

सोहीअनुसार फागुन २२ गते सोमबार पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने र एक दुई स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान विभागले गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्