माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
फागुन २०, २०७९
स्वदेशमा रोजगारी अभाव देखाउँदै विदेशिने युवा जमातको संख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । कृषि क्षेत्रको चिनारी बोकेको नेपालले विदेशिने युवालाई केन्द्रमा राखेर खासै कार्यक्रम ल्याउन सकेको देखिँदैन ।
केही युवा भने स्वदेशमै स्वरोजगार बन्दै समाजलाई समेत उत्प्रेरणा जगाउन तल्लिन भेटिन्छन् ।
हेटौंडा उपमहानगरपलिका–१९ नेवारपानीका बुद्ध लामा गाईपालन गर्दै स्वदेशमै स्वरोजगार बनेका छन् । उमेरले ४२ वर्ष लागेका लामा आफू स्वयं मात्र स्वरोजगार बनेका छैनन्, उनले २ जनालाई रोजगार समेत दिएका छन् ।
जीवनको करीब १७ वर्ष ट्रक चालक रहेका उनले १ वर्षअघि शुरू गरेको गाईपालन व्यवसायबाट पैसा मात्र कमाएका छैनन्, आफ्नो छुट्टै पहिचान समेत बनाएका छन् ।
‘लामो समय साहुको काम गरी गाडी चलाएँ । त्यसपछि पनि आफैं गाडी किनेर चलाएँ । १ दिन मेरो सासुममीले यसरी सधैं गाडी चलाएर हुँदैन, अब घरमा बसेर गर्न सक्ने काम गर्नुपर्छ, एउटा गाई दिन्छु, पाल्नु भन्नुभयो । त्यसपछि २०७८ सालमा गाडी चलाउन छाडेर एउटा गाई पाल्न शुरू गरें । क्रमशः गाईको संख्या बढ्दै गयो । त्यसपछि यसलाई अलि बृहत् रूपमा लैजानुपर्छ भन्ने सोचें र ८ लाख लगानी गरी गोठ बनाएँ । खेतबारीमा घाँस रोपें,’ उनले भने । दैनिक १८० देखि २०० लिटर दूध उत्पादन गर्दै आएका उनले मासिक ३ लाख रुपैयाँको दूध आफ्नै गोठबाट बिक्री गर्दै आएका छन् । २९ गाई रहेका उनको गोठमा होलिस्टेन जातका १५ वटा रहेका छन् भने बाँकी जर्सी गाईबाट दूध उत्पादन गर्दै आएका छन् । उनले भने, ‘होलिस्टेन गाईले १५ लिटरमाथि दूध दिने गरेको छ भने जर्सीले १० लिटरसम्म दिने गरेको छ । व्यापारीले गोठमै आएर प्रतिलिटर ६० रुपैयाँ लिटरमा दूध लैजान्छ । बजारको खासै समस्या छैन । दूध बिक्रीबाट मासिक ३ लाख रुपैयाँ आए तापनि खर्च कटाएर घरमै बसेर १ लाख ५० हजार आम्दानी हुने गरेको उनले बताए ।
परिवारमा पत्नी, २ छोरी र १ छोरासहित ५ जना रहेका उनको घरखर्च यसैबाट चल्ने गरेको छ । सरकारले अहिलेसम्म पनि कुनै प्रकारको अनुदान नपाएका उनले सरकारले सहुलितपूर्ण ऋण दिए यसलाई बढाएर ५०–६० वटा गाई पाल्ने योजना सुनाए । उनी भन्छन्, ‘अहिले ५ कठ्ठा जमिनमा गोठ छ । ३५ कठ्ठा जमिनमा विभिन्न प्रकारको सुपर नेपियर घाँस, ज्याई घाँस, मकैचरी लगायत घाँस लगाएको छु । घाँसको पनि खासै समस्या छैन । हामी कृषकलाई सबैभन्दा ठूलो कुरा लगानी जुटाउनु हो । बढी व्याज तिर्नुपर्ने ऋण लिएर पछि पैसा तिर्न सकिँदैन । सरकारले अनुदान दिए १०–१५ जनालाई थप रोजगारी दिएर हेटौंडालाई दूध उत्पादनको हबको रूपमा विकास गर्न चाहन्छु ।’ ८ लाखबाट शुरू गरेको व्यवसायमा अहिलेसम्म प्रत्यक्ष/अप्रत्यक्ष रूपमा ७० लाख रुपैयाँ लगानी भइसकेको उनले बताए ।
सरकारप्रति गुनासो पोख्दै उनले भने, ‘प्रत्येक वर्ष सरकारले बजेट भाषणमा थुप्रै पैसा कृषि क्षेत्रका लागि छुट्याएको देख्छु तर सरकारको पैसा कहाँ जान्छ ? हामी कृषकलाई यही क्षेत्रमा काम गरिरहेकाहरूलाई पनि पत्तै हुँदैन । सरकारले अनुदानको कुरा गर्छ, त्यो हामीहरूसँग आई पुग्दैन । सरकारको त्यस्तो नीति टाठोबाठोहरूलाई मात्रै हो । अहिले मेरो ५० लाख रुपैयाँ ऋण छ । सरकारले अनुदान वा सहुलितपूर्ण ऋण दिएको भए मैले केही हदसम्म भने पनि राहात पाउने थिएँ । गाईलाई आवश्यक पर्ने ‘काउ म्याट’ बाँडेको सुनिन्छ तर त्यस्तो पनि राजनीतिक पहुँच र निकटताको आधारमा बाडिन्छ । हामी जस्तो सामान्य लेखपढ गरेर कृषि क्षेत्रमा होमिएका मान्छेहरू अनुदान लिनकै लागि दैनिक आफ्नो काम छाडेर सरकारी कार्यालय धाउन पनि सकिँदैन ।’ सरकारले दिने अनुदानको प्रक्रिया निकै झन्झटिलो रहेको उनले बताए ।
अहिले लामाको गाई गोठमा आन्तरिक तथा बाह्य जिल्लाबाट पशुपालकहरू अवलोकनका लागि आउने गरेकोमा उनले खुशी व्यक्त गरे । आफ्नो कामले अहिले उनलाई सफलताको स्वाद मात्र चखाएको छैन, नयाँ युवा व्यवसायीलाई उत्प्रेरणा समेत जगाइरहेको छ । ‘अहिले मेरै उमेरका धेरै साथीसंगीहरू मासिक ४०–५० हजार रुपैयाँका लागि घरपरिवारबाट टाढा विदेशमा छन् । उनीहरूसँग कहिले–कहिले कुरा हुन्छ । हामीहरूले सकेनौ, तैले राम्रो काम गरिराछस् भन्दा खुशी लाग्छ,’ उनले भने, ‘उनीहरूलाई नेपाल फर्किन र यही केही गर्न सुझाव दिने गरेको छु ।’
वर्तमान समयमा नयाँ युवा पुस्तालाई सुझाव दिँदै उनले भने, ‘घरपरिवार छाडेर तातो राप र तापमा काम गर्न विदेशमा जानुभन्दा आफ्नै गाउँठाउँमा निरन्तर सानो काम गरे पनि सफल भइन्छ,’ उनले भने, ‘म बिहान ४ बजे उठ्छु, ८ बजेसम्म काम गर्छु । फेरि १० बजेदेखि १२ बजेसम्म काम गर्छु र बीचको समयमा आराम गर्छु । २ बजेपछि ४ बजेसम्म र फेरि ४ बजेपछि ७ बजेसम्म खटिएको छु । विदेशमा गएर नेपाली जसरी खटिन्छन्, त्यसरी यहाँ पनि निरन्तर रूपमा इमान्दार हुँदै काम गरेमा यही काम गर्न सकिन्छ ।’
विदेशमा ज्यान नै जोखिममा राखेर जोखिमपूर्ण काम गर्नुभन्दा स्वदेशमै आफ्नै गाउँमा घरपरिवारसँग बसेर काम गर्दा निकै खुशी लाग्ने गरेको लामाले बताए । मिठो/नमिठो जे खाए पनि स्वदेशमा आफ्नै गाउँठाउँमा परिवारसँग बसेर काम गर्नुको मज्जा नै बेग्लै हुने उनले हर्षित हुँदै बताए ।
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...