
नेकपा एमालेका अध्यक्ष केपी ओलीले ८ दलीय गठबन्धनको कुनै विचार दिशा नभएको टिप्पणी गरेका छन्।
आज (शनिबार) स्थानीय तह कर्माचारी संघ नेपालको एक दिने बृहत् भेला तथा प्रशिक्षण कार्यक्रममा ओलीले अब ८ दल पहिलाजस्तो नभएको तर धेरै बलियो भएको कटाक्ष गरे।
उनले भने, '८ दल धेरै बलियो भएर आयो। एक जना हिरोइनको गरिमामय उपस्थितमा बैठक बस्यो। शेरबहादुर प्रचण्डजीहरू। कुन हिरोइन त मलाई थाहा भएन। सुन्या मैले। हिरोइनको गरिमामय समुस्थितमा उहाँहरू बस्नुभयो रे ८ दलको बैठकमा।'
नागरिक उन्मुक्ति पार्टीकी नेता तथा मोडल एलिजा गौतम सहभागी केही दिनअघिको बैठकबारे अनभिज्ञता प्रकट गर्दै ओलीले भने, 'अब देशले गरिखाला कि। देशले गरिनखाए पनि उहाँहरूको ८ दलले चै गरिखानेजस्तो देखियो भनेर मैले टिप्पणी गरेको थिएँ।'
ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बन्न आग्रह गरे पनि नमानेको बताए।
पढ्नुहोस् यो पनि
बालुवाटारको ८ दलीय बैठकमा ऋषि धमलापत्नी एलिजा गौतमको 'इन्ट्री'