
कास्कीको फेवातालमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका १० जनाको सकुशल उद्धार गरिएको छ।
पोखरा महानगरपालिका-६ स्थित फेवातालमा आज दिउँसो डुंगा दुर्घटना भएको थियो।
उनीहरूलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको हो।
शनिबार अपराह्न ४ बजे अचानक आएको हावाहुरीका कारण दुई वटा डुंगा र ४ वटा कायाक पल्टिएका थिए। त्यसमा रहेका १० जना नै तालमा डुबेका थिए।
फेवाताल रेस्क्यु टावर सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले उनीहरूलाई सकुशल उद्धार गर्न सफल भएको हो।
२ वटा डुंगामा ६ जना तथा ४ वटा कायाकमा १/१ जना थिए ।
उद्धार गरिएका मध्ये ९ जना सकुशल छन् भने कास्की जिल्ला पोखरा महानरपालिका-१ बगर बस्ने वर्षीया वृद्ध याममाया गिरी घाइते भएकी सशस्त्र प्रहरीले जनाएको छ।
डुङ्गाले च्यापेको अवस्थामा फेला परेकी गिरीलाई गण्डकी स्वास्थ्य प्रतिष्ठानमा भर्ना गरिएको छ ।