२८ असार २०८३, आइतबार

मलेसियामा बाढीका कारण तीनको मृत्यु, ४० हजारभन्दा बढी विस्थापित

फागुन २०, २०७९
मलेसियामा बाढीका कारण तीनको मृत्यु, ४० हजारभन्दा बढी विस्थापित

मलेसियाको जोहोर राज्यमा आएको बाढीका कारण शनिबारसम्म ४० हजारभन्दा बढी मानिस विस्थापित भएका सरकारी तथ्याङ्कले देखाएको छ ।

समाज कल्याण विभागका अनुसार जोहोरमा मात्रै ३७ हजारभन्दा बढीलाई बाढी राहत केन्द्रमा सारिएको छ । प्रायद्वीपीय मलेसियाको पाहाङ, नेगेरी सेम्बिलान, मलक्का राज्यमा न्यून सङ्ख्यामा उद्धार गरिएको छ ।

गत बुधबार जोहोरमा बाढीको पानीले बगाएको कारभित्र एक व्यक्ति मृत अवस्थामा फेला परको थियो । 

त्यसपछि जोहोरको सेगामत जिल्लाका प्रहरी अधिकारी अहमद जामरी मरिन्साहले थप दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

अग्नि तथा उद्धार विभागका उपमहानिर्देशक एडविन गालान टेरुकीले प्रभावित क्षेत्रको भ्रमणपछि जोहोरमा बाढी नियन्त्रणका लागि हेलिकप्टर र थप उद्धार डुङ्गा पठाइएको जानकारी दिए ।

देशैभर बाढीको अवस्था बिग्रिएमा थप जनशक्ति र उपकरण परिचालन गर्न विभाग तयार रहेको तेरुकीले बताउनुभयो । यसैबीच, मौसम विभागले सप्ताहन्तमा निरन्तर भारी वर्षा हुने चेतावनी दिएको छ र सर्वसाधारणलाई चेतावनीलाई सावधानीपूर्वक लिन आग्रह गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्