०३ असार २०८३, बुधबार

सेवानिवृत्त राष्ट्रसेवक समाजमा पाण्डे सर्वसम्मत

फागुन २१, २०७९
सेवानिवृत्त राष्ट्रसेवक समाजमा पाण्डे सर्वसम्मत

नेपालका सरकारी तथा संस्थानजस्ता निकायमा काम गरेका निजामति तथा न्यायजस्ता क्षेत्रहरूबाट सेवानिवृत्त भई सरकारी कोषबाट पेन्सन सुविधा लिइरहेका व्यक्तिहरुको साझा संगठन सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरको अध्यक्षमा नरनाथ पाण्डे सर्वसम्मत भएका छन् ।

समाजको शनिाबार भएको अधिवेशनमा पाण्डेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न कार्यक्रम सम्पन्न भएको हो । 

कावासोती–१६ डण्डास्थित सामृुदायिक स्रोत पुस्तकालयको हलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सदानन्द जैसी र देवीप्रसाद भुसालले शुभकामना मन्तव्य राखेका थिए । 

समाजको नवनिर्वाचित उपाध्यक्ष शान्ती के.सी., सचिव मदनप्रसाद अर्याल,  कोषाध्यक्ष बाबुराम पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा जीतकुमारी चौधरी, रामशरण विश्वकर्मा, भोलाप्रसाद बस्ताकोटी, निलकण्ठ पोखरेल, फन्सुराम चौधरी, गोपिकृष्ण तिमिल्सिना, महेन्द्रप्रसाद भण्डारी रहेका छन् । त्यस्तै, लेखा संयोजकमा देवराज भट्टराई चयन भएको अध्यक्ष पाण्डेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्