३० जेठ २०८३, शनिबार

पानी पुनःभरणका लागि एक सय ८८ पोखरी खनियो

फागुन २१, २०७९
पानी पुनःभरणका लागि एक सय ८८ पोखरी खनियो

जताततै पानीका मुहान सुक्दै जाने र स्रोत गहिरिँदै गएपछि महोत्तरीमा पानी पुनःभरणका लागि पोखरी खनिएका छन् । जिल्लाको सुदूर उत्तरीक्षेत्रका पहाडी खोल्साखोल्सी नजिक पारेर एक सय ८८ पोखरी निर्माण गरिएका हुन् । 
युरोपियन युनियन, आष्ट्रियन विकास सहयोग, आड्रा नेपाल र रुपान्तरणसहितका राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा ‘जलवायु परिवर्तन प्रभाव न्यूनीकरणका लागि स्थानीय पहल’ परियोजनाअन्तर्गत सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल ती पोखरी निर्माण गरेको हो । 

“हामीले जिल्लाका तल्लो भेगसम्म बढ्दै गएको खानेपानीको सङ्कट मध्यनजर गरेर पानी पुनःभरणका लागि पोखरी निर्माणको कामलाई बढाएका छौँ”, पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले भने, “यी निर्माण भएका पोखरीमा सञ्चय भएको पानीले तल्लो भेगसम्म पानीको सतह गहिरिन नदिन मद्दत गर्नेछन् ।”

 बढ्दो जलवायु परिवर्तनको असरले अनुकूल वर्षा हुन छाडेपछि पानीको सङ्कट बढ्दै गएको जलाधार तथा वातावरण विद्समेत रहेका यादवको भनाइ छ । चुरे पर्वत शृङ्खलाबाट निस्कने खोल्साखोल्सी व्यवस्थित गरेर बाढीले बगाउने गेग्र्यान मुहानमै थिग्र्याउने र छानिएर झरेको पानी पोखरीमा झार्ने व्यवस्था मिलाइएको छ । पछिल्लो एक दशकभित्र निर्माण गरिएका यी पोखरीमा रु ४२ करोड लिटर पानी सञ्चय भइराख्ने यादवको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्