१० साउन २०८३, आइतबार

जसपा छानबिन समितिद्वारा ८० जनालाई कारबाही सिफारिस

फागुन २१, २०७९
जसपा छानबिन समितिद्वारा ८० जनालाई कारबाही सिफारिस

जनता समाजवादी पार्टी, नेपाल (जसपा) द्वारा गठित छानबिन समितिले शनिबार पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमा निर्वाचनमा अन्तर्घात गर्ने ८० जनालाई कारवाहीको सिफारिस गरिएको छ । 

समितिले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनासँग बयान लिएको जनाएको छ । कारवाहीको सिफारिस गरिएकामध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन् । 

छानवीन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको हो । गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्यसँग पनि समितिले बयान लिएको थियो । 

शिवलाल थापा नेतृत्वको छानबिन समितिले जिम्मेवारी पाएको ४९ औँ दिनमा प्रतिवेदन हस्तान्तरण गरेको छ । अध्यक्ष यादवले समितिको सिफारिसअनुसार गल्ती गर्नेलाई आवश्यक कारवाही गर्ने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्