०४ असार २०८३, बिहीबार

जनप्रतिनिधिले काटे नेपाल टेलिकमको तार, नागार्जुन क्षेत्रको सेवा अवरुद्ध

फागुन २१, २०७९
जनप्रतिनिधिले काटे नेपाल टेलिकमको तार, नागार्जुन क्षेत्रको सेवा अवरुद्ध

जनप्रतिनिधिबाट नेपाल टेलिकमको तार काटिँदा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकाकाको नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित गुम्बाचोकमा वडा कार्यालयले केबल व्यवस्थापनको नाममा तार काटेको हो । जसका कारण गुम्बाचोकका सयौंसेवाग्राही एक्कासी टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवाबाट वञ्चित हुनुपरेको छ ।
‘ नेपाल टेलिकमले पटक पटक दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन पूर्वाधार निर्माण र केबल व्यवस्थापनका कार्यहरु सम्पन्न गर्नका लागि सहयोग र समन्वयका लागि अनुरोध गरिरहँदा पनि कम्पनीका पूर्वाधारमा क्षति पुर्याई अत्यावश्यक सेवाहरु अवरुद्ध गरिएको प्रति कम्पनी दुख व्यक्त गर्दछ । साथै, अत्यावश्यक सेवाका रुपमा रहेका दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन अन्य कार्यहरु सम्पन्न गर्नको लागि कम्पनीसँग सहकार्य र समन्वय गर्न पनि सम्बन्धित सबै निकायसँग पुःन अनुरोध गर्दछौं’, टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

टेलिकमले सेवा प्रवाहमा समस्या आएको सो क्षेत्रमा यथासम्भव छिटो मर्मत कार्य सम्पन्न गर्ने तयारी गरेको पनि जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्