३० जेठ २०८३, शनिबार

ग्यास सिलिन्डरमा आगलागी भएको अवस्थामा नियन्त्रणबारे कृतिम अभ्यास

फागुन २१, २०७९
ग्यास सिलिन्डरमा आगलागी भएको अवस्थामा नियन्त्रणबारे कृतिम अभ्यास

डोटीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वार्टरले सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी कृतिम घटना अभ्यास गरेको छ ।

दीपायल सिलगढी नगरपालिका-४ को सहकार्यमा शुक्रबार दीपायल राजपुर बजारमा सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण र सुरक्षा सचेतनामूलक कार्यक्रमको कृतिम घटना अभ्यास गरिएको हो । 

खाना पकाउने ग्यास सिलिन्डरमा आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने उद्देश्यले आगलागीसम्बन्धी नमूना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वार्टर डोटीका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले बताए । 
उनले भने, “सिलिन्डर ग्यासका कारणले हुने आगलागीजन्य विपद्बाट कसरी सुरक्षित रहन सकिन्छ ? सिलिन्डरमा आगलागी भएको अवस्थामा के गर्नुपर्छ भन्ने बारेमा आमनागरिकलाई जानकारी गराउन सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।”

विभिन्न स्थानमा सिलिन्डर ग्यासमा आगलागी हुने घटना भइरहेकाले यसबाट सुरक्षित रहने उपायहरुको बारेमा जानकारी हुन आवश्यक रहेको समेत प्रहरी नायब उपरिक्षक सिंहले बताए ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वार्टरले डोटीमा समय समयमा प्राकृतिक प्रकोपजन्य कार्य आगलागी, भूकम्प, बाढीपहीरोबाट सुरक्षित रहन सचेतनाका लागि कृतिम घटना अभ्यास गर्दै आइरहेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्