
काठमाडौं महानगरपालिका –१२ भोटेवहालस्थित अपसारुद अहमदको कपडा गोदाममा शनिबार दिउँसो आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दमकल र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिए पनि गोदामभित्र रहेका कपडा जलेर नष्ट भएको छ । आगलागीको कारणबारे आवश्यक अध्ययन भइरहेको प्रहरीको भनाइ छ ।