०८ असार २०८३, सोमबार

जाँड खाएका श्रीमानलाई लौराले हिर्काउँदा ज्यानै गएपछि...

कात्तिक २०, २०७४
जाँड खाएका श्रीमानलाई लौराले हिर्काउँदा ज्यानै गएपछि...

चरीकोट, १० भदौ– दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुमा श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमान्को घटनास्थलमै ज्यान गएको आरोप लगाइएको छ ।

ज्यान गुमाउनेमा मेलुङ गाउँपालिका–७ भेड्पुका ८३ वर्षीय कर्णबहादुर तामाङ छन् । उनलाई श्रीमती सञ्जीले लाठी प्रहार गरेको जिप्रका दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रबार साँझ कर्णबहादुरले अत्यधिक मादक पदार्थ सेवन गरी घरमा आई बुहारी विपना थोकरसँग थप मादक पदार्थ मागेको र बुहारीले मादक पदार्थ दिन नमानेपछि बुहारीलाई कुटपिट गरेको देखेपछि उनकी श्रीमतीले पछाडिबाट टाउकामा लौरो हानेको प्रहरीको भनाइ छ ।

अभियुक्त सञ्जीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिप्रका दोलखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्