
जजिरा एयरको उडानद्वारा कुवेतबाट काठमाडौं आएका एक भारतीय नागरिक फाइजान एन्वरलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि शंका लागेर सोधपुछ एवं शरीर खानतलासी गर्दा निजले लगाएर आएको पाईन्ट र गन्जीबाट सुन बरामद भएपछि उनलाई पक्राउ गरिएको हो ।
शंकास्पद देखिएका फाइजानको आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरनमा बुझाइएको प्रहरीले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा परीक्षण गर्दा कपडाहरुको कुल तौल १२०० ग्राम र गलाएपछि सुन ४२४.६४ ग्राम खुल्न आएको छ ।
