बुटवल उपमहानगरपालिका –६ पुरानो बसपार्क बस्ने ६५ वर्षीय धनै मल्लाहको आफ्नै एक तले घरको छतबाट खसेर आइतबार मृत्यु भएको छ ।
अचानक खसेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको बुटवल प्रहरीले जनाएको छ ।