३० जेठ २०८३, शनिबार

होलीमा मापसे गरी चलाउने १५७ जनाको सवारीसाधन 'होल्ड'

फागुन २२, २०७९
होलीमा मापसे गरी चलाउने १५७ जनाको सवारीसाधन 'होल्ड'

होली पर्वमा काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गर्ने १५७ जनाको सवारी साधनलाई प्रहरीले होल्ड गरेको छ।  

जसमा १३ चारपांग्रे र १४४ दुईपांग्रे छन्। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापासे गर्ने, जिक्ज्याक गरेर चलाउने, ३ जना बसेर मोटरसाइकल चलाउनेलाई कारबाही गरिएको ट्राफिक प्रहरी उपरीक्षक (एसपी) अवि काफ्लेले जनाकारी थिए ।

उनका अनुसार उपत्यकाका ६८ ठाउँमा प्रहरी चेकिङ राखेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त टोलीले चेकिङ गरिराखेको हो ।

प्रहरीले लागूऔषध सेवन गरेर सवारी साधन चलाउनेहरूलाई पनि चेक जाँच गरिरहेको छ ।

त्यसका प्रहरीले चेकिङ किटको प्रयोग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्