०४ असार २०८३, बिहीबार

इन्टरपोल र नेपाल प्रहरीले सगरमाथामा झण्डा फहराउने

फागुन २२, २०७९
इन्टरपोल र नेपाल प्रहरीले सगरमाथामा झण्डा फहराउने

इन्टरपोल र नेपाल प्रहरीको झण्डा सगरमाथा फहराइने भएको छ ।

इन्टरपोल स्थापना भएको १०० औं वर्षको उपलक्ष्यमा  अपराधीहरु खोज्ने सुरक्षा निकायको सञ्जाल इन्टरपोलका प्रमुख मेजर जनरल अहमेद नासर अल राईसी नेपाल आएर झण्डा हस्तान्तर गर्न लागेको प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले बताए ।

‘इन्टरपोलको झण्डा र प्रहरीको झण्डा सगरमाथामा फहराउने तयारी गरेका छौं,’ आईजीपी सिँहले लोकान्तरसँग भने । 

उनका अनुसार नेपाल प्रहरीका आरोही र अन्य केही आरोहीहरु मिलेर सगरमाथा लग्ने छन् ।

त्यसका लागि इन्टरपोलका प्रमुख अल राईसीले सगरमाथाको बेसक्याम्पबाट ओरोहीलाई हस्तारन्तरण गरिनेछ ।

इन्टरपोलका विश्वभरका शाखाहरुले आफ्नो हिसाबले १०० औं वर्ष मनाइरहेका छन् ।

त्यसै अनुरुपम नेपालमा पनि विभिन्न कार्यक्रम गर्ने तयारी गरेको आईजीपी सिंहले बताए ।

इन्टरपोल सन् १९२३ मा स्थापना भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्