०३ असार २०८३, बुधबार

नेशन मेडिकल कलेजलाई सम्बन्धन दिएको विरोधमा चिकित्सक संघको आन्दोलन

कात्तिक २०, २०७४
नेशन मेडिकल कलेजलाई सम्बन्धन दिएको विरोधमा चिकित्सक संघको आन्दोलन
काठमाडौं, १० भदौ– नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको विरोधमा नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।

सरकारले संघसँग गरेको सम्झौताको अवमूल्यन गर्दै कलेजलाई सम्वन्धन दिएको भन्दै आन्दोलनका कार्यक्रमका घोषणा गरेको हो ।

संघको आज बसेको बैठकपछि जारी गरिएको विज्ञप्ती मार्फत आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरेका छन् ।

प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्री, त्रिवि, मेडिकल काउन्सिल लगायतकालाई ज्ञापन पत्र बुझाउने, सरकारी, निजी स्वास्थ्य संस्थामा कार्यगतहरुले कालोपट्टी बाँधी नियमति काम गर्ने घोषणा गरेको छ ।

संघले आफ्ना मागहरुलाई वेवास्ता र अवमूल्यन गरेको खण्डमा कठोर आन्दोलनमा जान बाध्य हुने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्