१५ असार २०८३, सोमबार

७२ वर्षपछि फेला परेको हिरोशिमा ध्वस्त पार्ने त्यो युद्धपोत

कात्तिक २०, २०७४
७२ वर्षपछि फेला परेको हिरोशिमा ध्वस्त पार्ने त्यो युद्धपोत
बीबीसी- ७२ वर्षअघि  दोस्रो विश्वयुद्धका बेला जापानी पनडुब्बीको आक्रमणमा परेर डुबेको अमेरिकी युद्धपोत 'युएसएस इण्डियानापोलिस' को भग्नावशेष  फेला परेको छ।
उक्त युद्धपोतको भग्नावशेष साढे पाँच किलोमिटर गहिराइमा समुद्र सतहमा फेला परेको हो।
एउटा गोप्य मिसनबाट फर्केने क्रममा उक्त युद्धपोत जापानी आक्रमणमा परेको थियो।
उक्त युद्धपोत एउटा गोप्य मिसन अन्तर्गत परमाणु बम पुर्‍याउन गएको थियो र पछि हिरोशिमामा त्यसको प्रयोग गरियो।_97540151__97458487_2eabc708-839e-46f1-b2cc-44958b8871f2

युद्धपोतमा सवार १,१९६ मध्ये ३१६ जनालाई बचाउन सकिएको थियो।
अमेरिकी नौसेनाको इतिहासमा त्यो सबैभन्दा ठूलो दुर्घटना थियो।
सन् १९४५ को जुलाइ ३० तारिख फिलिपिन्सको समुद्र नजिक गुआम र लाफिएटको बीचमा जापानी पनडुब्बीको आक्रमणमा परी उक्त युद्धपोत डुबेको थियो।
घटनाको चार दिनपछि ३१६ जनालाई जीवित फेला पारिएको थियो।

उनीहरु फेला परेको समुद्री क्षेत्र शार्कबाट प्रभावित थियो। करिब १२ मिनेटभित्र उक्त युद्धपोत समुद्रमा डुबेको थियो र कुनै आपतकालीन सम्पर्क नभएका कारण त्यो स्थान पत्ता लगाउन लामो समयसम्म चुनौतीको सामना गर्नुपर्‍यो।
माइक्रोसफ्ट कर्पका सह-संस्थापक पल एलेनसहित १३ जनाको टोलीले यही अगस्ट १८ तारिखमा उक्त युद्धपोतको भग्नावशेष फेला पारेको हो।


प्रशान्त महासागरको उक्त क्षेत्रमा सो घटना हुनु एक दिनअघि एउटा युद्धपोत देखिएको नौसैनिक इतिहासविद्हरुको एउटा नयाँ अनुसन्धानले देखाएको थियो।_97540151__97458487_2eabc708-839e-46f1-b2cc-44958b8871f2
उक्त युद्धपोत आफ्नो अन्तिम मिसनका निम्ति चर्चित थियो।
त्यसमा परमाणु बमका पार्टपुर्जा र परमाणु 'रिएक्शन'का लागि युरेनियम इन्धन पनि लगिएको थियो।
विश्वयुद्धको अन्तिम वर्ष तिनिआन टापुस्थित अमेरिकी अखडामा ती सामानहरु पुर्‍याइएका थिए जसबाट विश्वमा पहिलो परमाणु हमला गरिएको थियो।

'फ्याट म्यान' नामक बम नागासाकीमा खसालिएको थियो जुन घटनापछि जापान आत्मसमर्पणका लागि तयार भयो र दोस्रो विश्ययुद्ध समाप्त भयो।

एलेनले भने, "दोस्रो विश्वयुद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने इण्डियानापोलिसका बहादुर मानिसहरु र उनीहरुका परिवारप्रति सम्मान प्रकट गर्नका निम्ति यो ठूलो खोज हो। अमेरिकी नागरिकका रुपमा हामी सो युद्धपोतमा सवार सबैका साहस र बलिदानका ऋणी छौँ।"
फेला पारिएको युद्धपोतलाई युद्ध स्मारकका रुपमा संरक्षण गरिने बताइएको छ।
युद्धपोतबाट बाँच्न सफलमध्ये २२ जना अझै जीवितै छन्।

salt training

कमेन्ट गर्नुहोस्