०१ साउन २०८३, शुक्रबार

अर्काको नाममा ट्रायल दिने दुई जना नियन्त्रणमा

फागुन २६, २०७९
अर्काको नाममा ट्रायल दिने दुई जना नियन्त्रणमा

नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

सर्लाहीको बलरा नगरपालिका ६ घर भइ हाल काभ्रेपलाञ्चोकको बनेपा बस्दै आएका २१ वर्षीय सन्तोषकुमार कुशवाहा र सिरहाको मिर्चैया नगरपालिका ४ घर भइ हाल भक्तपुरको लोकन्थली बस्दैआएका २० वर्षीय रविकुमार साहलाई ट्राफिक प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुरको राधेराधे ट्रायल सेन्टरबाट कुशवाहाको नाममा साहले दुईपाङ्गे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । नियन्त्रणमा रहेका दुवै जनालाई प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्न विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले बताए । अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमतिपत्र निकाल्दा दक्ष चालकको कमी भइ दुर्घटना निम्तिने भएकाले ट्रायल सेन्टरमा थप निगरानी बढाइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्