
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी ठाउँमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही एक दुई स्थानमा मघ गर्जनसहित पानी पर्ने विभागले जनाएको छ । त्यस्तै, फोलि शनिबार पनि कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र एक दुई स्थानमा क्षणिक वर्षा हुने सम्भावना छ । विभागका अनुसार राति पनि केही ठाउँमा सामान्य बदली हुनेछ ।
यसैबीच फागुन २८ गते आइतबार देशको पहाडी भूभागमा बदली कायमै रहने छ । पहाडी भूभागको एक दुई स्टानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।