
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल पशुपति, गुह्वेश्वरी र सुन्दरीजल पुगेका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट शुक्रबार बिहान पौडेल दर्शनका लागि पशुपति र गुह्वेश्वरी पुगेका हुन् ।

यी दुई मन्दिरमा पुगेर पूजा अर्चना गरेपछि पौडेल कांग्रेसका संस्थापक बीपी कोइरालाको सालिकमा माल्यार्पण गर्न सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेको पौडेलको सचिवालयले जनाएको छ ।
पशुपति जानु अघि पौडेलसँग सभामुख देवराज घिमिरेले उनको बोहोराटारस्थित निवासमा पुगेर भेट गरेका थिए ।

भेटका क्रममा सभामुख घिमिरेले पौडेललाई बधाई दिएका थिए ।
बिहीवार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले शपथ लिएर औपचारिक रूपमा पदभार ग्रहण गर्न भने बाँकी छ ।