०६ असार २०८३, शनिबार

राजकुमार रावको नयाँ फिल्म 'भीड'को ट्रेलर सार्वजनिक (भिडियो)

फागुन २६, २०७९
राजकुमार रावको नयाँ फिल्म 'भीड'को ट्रेलर सार्वजनिक (भिडियो)

राजकुमार रावको मुख्य भूमिका रहेको फिल्म भीडको ट्रेलर सार्वजनिक गरिएको छ । 

अनुभव सिन्हाको निर्देशनमा बनेको फिल्मको ट्रेलर सिनेमाघरमा तू झूटी मैं मक्कारसँगै देखाइएको थियो भने इन्टरनेटमा चाहिँ शुक्रवार सार्वजनिक गरिएको हो । 

कोभिड महामारीको समयमा देशभित्रै सीमा कोरेर बन्देज लगाइएको विषयलाई फिल्ममा उठाइएको छ । 

महामारी रोक्न लगाइएको लकडाउनका कारण निम्न तथा निम्नमध्यमवर्गीय परिवारले काम गर्न नपाएको अनि घर जान पनि नपाएको पीडा फिल्मले देखाएको छ । सडकमा भौंतारिएका मानिसलाई अमानवीय व्यवहार गरिएको कटु यथार्थ पनि फिल्मले प्रस्तुत गरेको छ ।

ट्रेलरमा श्यामश्वेत दृश्य देखाइएको छ जसले कथामा सौन्दर्य र सत्य थपेको छ । 

फिल्ममा राजकुमारका अलावा भूमि पेडनेकर र दिया मिर्जाको पनि भूमिका छ । 
 

salt training

कमेन्ट गर्नुहोस्