
नेपाल प्रहरीका ५ जना एआईजी बढुवा समितिमा सिफारिस भएका छन्।
शुक्रबार बढुवा समितिले ५ जनाको नाम सिफारिस गरेको हो।
एआईजीमा बढुवा हुने ५ जनामध्येबाटै एक जना आईजीपी हुनेछन्।
बढुवा सिफारिस समितिको निर्णयअनुसार पहिलो नम्बरमा वसन्त कुँवर छन् भने दोस्रोमा टेकप्रसाद राई र तेस्रोमा दीपक थापा छन्।
त्यस्तै चौथो नम्बरमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् ।
प्रहरीमा गत साउनदेखि एआईजी पद रिक्त रहेको थियो। 