२८ जेठ २०८३, बिहीबार

युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आयो ‘सिरूपाते जुंगामा’

फागुन २६, २०७९
युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आयो ‘सिरूपाते जुंगामा’

चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरूपाते जुंगामा’ पनि युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ ।

तीन दिनअघि सार्वजनिक गीतको भिडियोले शुक्रवार अपरान्हसम्म १३ लाख ३० हजार बढी भ्युज पाएको छ । 

बाबुल गिरीको स्वर रहेको यो गीतको टुक्का चलचित्र रिलिज अगावै टिकटकमा हिट भएको थियो । 

शंकर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा बाबुल गिरीकै संगीत, आयुष खतिवडा र पवित्रा गुरुङको कोरस गायन छ ।

भिडियोमा दीपकराज गिरी र बेनिशा हमालसहित चलचित्रका अन्य कलाकारहरू समेत प्रस्तुत छन् ।

हेमराज बिसीको निर्देशन रहेको ‘छक्का पञ्जा ४’ आजबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ ।

चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, केदार प्रसाद घिमिरे, राज आचार्य, बुद्धि तामाङ, निर्मल शर्मा, बेदना राई, सुष्मा निरौला लगायतको अभिनय छ । 

चलचित्रको ट्रेलर र ‘दर्शक सलाम’ बोलको गीत पनि ट्रेन्डिङको शीर्ष स्थानमा आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्