३० असार २०८३, मंगलबार

प्रचण्डलाई मुद्दा लगाएर दलाल पुँजीपतिको हातमा गणतन्त्र जाने षडयन्त्र भयो- विप्लव

फागुन २६, २०७९
प्रचण्डलाई मुद्दा लगाएर दलाल पुँजीपतिको हातमा गणतन्त्र जाने षडयन्त्र भयो- विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपराधीकरण गरेर उपलब्धि विनाश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा लगाइएको बताएका छन्। 

शुक्रबार ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको बताए।

उनले प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिन आफूहरु तयार रहेको बताए।

उनले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगत रुपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्विकार गर्ने प्रवृतिसँग सम्बन्धित रहेको उल्लेख गरे।

महासचिव विप्लवले सो मुद्दालाई आफूहरूले अस्वीकार गर्ने बताए।   

महासचिव चन्दले प्रचण्डमाथिको मुद्दा व्यक्तिगत मामिला मात्रै नभएर राज्य र जनताको मामिला भएको भन्दै आफूहरू त्यसको प्रतिरोधमा उत्रेको बताए।

उनले माओवादी घटकहरु एक हुने सम्भावना रहेको र त्यसको निम्ति छलफल पनि भइरहेको बताए। 

salt training

कमेन्ट गर्नुहोस्