×

NMB BANK
NIC ASIA

चलचित्र

किन ‘सुपरफ्लप’ भयो अनमोलको ‘छड्के २’ ?

फागुन २७, २०७९

NTC
Premier Steels

युवा पुस्तामाझ लोभलाग्दो क्रेज बनाएका अभिनेता मानिन्छन् अनमोल केसी । उनका यसअघिका धेरैजसो फिल्मले राम्रो व्यापार गरेका थिए ।

Muktinath Bank

इनिसियल रूपमा राम्रो व्यापार गर्न उनका फिल्म अगाडि देखिन्थे तर पछिल्लो फिल्म ‘छड्के २’को व्यापार भने अकल्पनीय कमजोर रह्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदर्शनको शुरूआती दिनबाटै दर्शकको खडेरी भोगेको फिल्म छैटौं दिनमै अधिकांश मल्टिप्लेक्स हलहरूबाट उत्रियो । वितरकका अनुसार त्यतिञ्जेल फिल्मले हलमा ३० लाख हाराहारीको मात्रै कलेक्सन गर्‍यो । जुन कलेक्सन अभिनेता केसीको फिल्मी करिअरकै सबैभन्दा कमजोर हो । 


Advertisment
Nabil box
Kumari

‘छड्के २’सँग अनमोलले अभिनय गरेका फिल्मको संख्या ९ पुग्छ । यद्यपि यतिको कमजोर व्यापार उनका कुनै फिल्मले गरेका थिएनन् । अन्य खासै नचलेका कलाकारको फिल्मले गर्ने व्यापारभन्दा पनि ‘छड्के २’को व्यापार कमजोर मानिएको छ । 

Vianet communication

यसर्थ समग्र फिल्महरूसँग तुलना गर्दा यो फिल्मलाई ‘सुपरफ्लप’ भएको मान्न सकिन्छ । 

अनमोल केसीका कारण पनि यो फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा थियो । व्यावसायिक आशा राखिएको फिल्म आखिर किन ‘सुपरफ्लप’ सावित भयो ? यसका केही कारणहरू केलाउने प्रयास गरिएको छ । 

टिजर, ट्रेलर र गीतबाटै कौतुहलता जगाउन नसक्नु

निर्माण घोषणाबाटै फिल्मको एक किसिमको चर्चा शुरू भएको थियो । यद्यपि पोस्टर, टिजर, टे«लर र गीतबाट फिल्मले दर्शकमाझ एक किसिमको कौतुहलता जगाउनुपर्ने हो, जुन जगाउन सकेको थिएन ।
 
फरक लुक्समा अनमोललाई नसुहाएको प्रतिक्रियाहरू दर्शकबाट देख्न सकिन्थ्यो । र्‍यापर भिटेनको गीत पनि चर्चाकै खातिर मात्र फिल्ममा राखिएको आलोचना उहिल्यै गरिएको थियो । प्रचार सामग्रीको प्रभाव फिल्मको व्यापारमा देखियो ।

विना प्रचारप्रसार प्रदर्शनमा आउनु

‘छड्के २’को प्रचारप्रसारमा निर्माण टीमले त्यति ध्यान दिएको थिएन । अरु फिल्म आउँदा मिडियामा दौडधुप गर्ने अनमोलको अन्तर्वार्ता यसपटक कहीँ आएन । निर्माता, निर्देशकदेखि कलाकारहरूले फिल्म रिलिजको दिनसम्म मिडिया पब्लिसिटीमा ध्यान दिएनन् । सो कारण ‘छड्के’को सिरिजका रूपमा आएको यस फिल्मबारे मासमा जानकारी पुग्न सकेन । जसको असर पनि फिल्मको व्यापारमा परेको आकलन गर्न सकिन्छ । 

null

फिल्म छनोटमा चुक्नु

चकलेटी भूमिकामा रुचाइएका अभिनेता अनमोल केसीले पहिलोपटक ग्याङस्टर फिल्ममा अभिनय गरे । प्रेमकथाका फिल्ममा मात्र अभिनय गरेर हुँदैन भनेर अलग जनरामा पनि आफूलाई स्थापित गर्ने प्रयासलाई सराहना गर्नुपर्ने हुन्छ । यद्यपि उनले त्यसका लागि सही टीम छनोट गर्न सकेनन् । जसका कारण अलग जनरामा अनमोलले गरेको कामलाई हेर्न हलसम्म दर्शक आएनन् । अभिनेता अनमोलले यसपटक आफू चुकेको स्वीकारिसकेका छन् । 

अनमोलको अभिनयमा नआएको निखारता

अनमोलको चकलेटी लुक्सका फ्यानहरू अहिले पनि धेरै छन् । म्युजिक भिडियो कहिल्यै नखेल्ने, मिडियामा जथाभावी नआउने र आउँदा पनि सन्तुलित हिसाबले बोल्ने उनको स्वभावका कारण पनि उनको फ्यान फलोइङ राम्रो छ । 

यद्यपि उनका फिल्मले राम्रो व्यापार गरे पनि उनको अभिनयको भने सधैं नै आलोचना हुँदै आएको छ । 

उनले आफ्नो अभिनयलाई निखार्न नसकेको गुनासो दर्शक एवं फिल्मकर्मीबाट सधैं आउने कुरा हो तर उनले अभिनयलाई सुधार्ने कोसिस कहिल्यै गरेनन् । 

हरेक फिल्ममा त्यो कमजोरी पाउँदा दर्शकहरू निराश हुँदै आएका थिए र यसमा त्यो असर देखियो । 

कमजोर कथा र मेकिङ

फिल्म असफल हुनुको मुख्य कारण भने यसको कमजोर कथा, पटकथा र मेकिङलाई मान्न सकिन्छ । कथा र मेकिङ कमजोर भएपछि फिल्म हेरेका दर्शकहरू निराश हुन्छन् । जसका कारण फिल्मको ‘वर्ड अफ माउथ’ नकारात्मक आउँछ । फिल्म हेर्ने मन गरेका दर्शकहरू पनि नकारात्मक ‘वर्ड अफ माउथ’का कारण हलसम्म जाँदैनन् ।

‘छड्के २’को सन्दर्भमा यही भयो । हेरेका दर्शक निराश भएर फर्किए भने उनीहरूले अरुलाई समेत फिल्म हेर्न प्रोत्साहित गरेनन् । जसका कारण फिल्मले पिकअप लिनै सकेन । 

निर्देशकको कमजोरी

फिल्मको क्याप्टेन भनेको निर्देशक हो । निर्देशकले जे भन्यो, जसरी भन्यो त्यसरी कलाकारहरूले काम गर्ने हो । तसर्थ फिल्म असफल हुनुमा निर्देशक पनि मुख्य दोषी देखिन्छन् । लेखक समेत रहेका निगम श्रेष्ठले ‘छड्के–२’लाई निर्देशन गरेका हुन् । 

अर्को ब्राण्ड फिल्मसँग जुध्नु

‘छड्के २’ ब्राण्ड फिल्म ‘छक्का पञ्जा ४’सँग एकैदिनबाट प्रदर्शनमा आएको हो । अर्को ब्राण्ड फिल्मसँग जुध्नु पनि ‘छड्के २’लाई केही अर्थमा घातक देखियो । एकैदिन प्रदर्शनमा आउँदा फिल्मले कम शो पायो । दर्शकहरूको पहिलो रोजाइमा पनि यो फिल्म नपरी ‘छक्का पञ्जा ४’ पर्‍यो । 

ग्याङस्टर फिल्ममा दर्शकको रुचि नै कम

‘छड्के २’ले कमजोर व्यापार गर्नुको एउटा कारण ग्याङस्टर फिल्ममा दर्शकको रुचि कम हुनु पनि हो । यसवर्ष सफल भएका फिल्महरू नियाल्दा पनि प्रेमकथा, कमेडी र पारिवारिक फिल्महरू सफल भएको देखिन्छ । यसको अर्थ अलग जनराका फिल्म बन्नु हुँदैन भन्ने चाहिँ होइन ।

एउटा सन्देश – स्टारडम होइन, स्क्रिप्ट बिक्छ

‘छड्के २’ले समग्र फिल्मकर्मीमा एउटा सन्देश दिनुका साथै सतर्क भने बनाएको छ । त्यो के भने स्टारडम भएको अभिनेता राख्दैमा फिल्म चल्दैन भन्ने ‘छड्के २’ले दिएको सन्देश हो । यसअघि अभिनेता र उसको स्टारडम हेरेर लगानी गर्नेहरूलाई यस फिल्मको असफलताले त्यसरी लगानी गर्नु हुँदैन भनेर सतर्क बनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x