
सत्ता गठबन्धनले कसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने निर्णय गर्न सकेको छैन।
यस्तोमा सत्ता गठबन्धनमै रहेको जनमत पार्टीबाट उपराष्ट्रपतिमा ममता झा उम्मेदवारी दर्ता पुगेकी छन्। झा अहिले संसद सचिवालय पुगेकी हुन्।
निर्वाचन आयोगले उपराष्ट्रपति पुरुष हुन नसक्ने आशयको विज्ञप्ति जारी गरेपछि सत्ता गठबन्धनमा आबद्ध दललाई एउटा मात्रै उम्मेदवार अगाडि सार्न सकस परेको छ।
पुरुष उम्मेदवार भए उम्मेदवारी खारेज हुन सक्ने भयका कारण सत्ता गठबन्धन दलले उपराष्ट्रपतिमा ३ जना उम्मेदवार अघि सारेको छ। यसमा झाको पनि नाम छ।
यसअघि सत्ता गठबन्धनले जसपाका रामसहाय प्रसाद यादवको नाममा सहमति जुटाए पनि निर्वाचन आयोगको अभिव्यक्तिले गठबन्धनलाई अफ्ठ्यारोमा पारेको हो।
आज २ बजेसम्म उपराष्ट्रपतिमा उम्मेदवारी दिने समय छ ।
आयोगले फरक व्याख्या गरेपछि सत्ता गठबन्धन दलहरू छलफलमा छन्। छलफलपछि दिउँसोसम्म एउटा टुंगोमा पुग्ने सत्ता गठबन्धनका दलहरूले बताएका छन्।