०७ असार २०८३, आइतबार

नवनिर्वाचित राष्ट्रपति पौडेल बाँडेगाउँमा, भट्टराईको शालिकमा माल्यार्पण

फागुन २७, २०७९
नवनिर्वाचित राष्ट्रपति पौडेल बाँडेगाउँमा, भट्टराईको शालिकमा माल्यार्पण

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराई आश्रम पुगेर उनको शालिकमा माल्यार्पण गरेका छन् ।

उनले सो क्रममा आश्रमको  अवलोकन एवं  निरीक्षण पनि गरे ।

सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, कांग्रेस नेता एंव भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्याय,जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयाल, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेलगायतले स्वागत गरेका थिए ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराएका थिए । 

नवनिर्वाचित राष्ट्रपति पौडेल नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको सरल र सदगी जीवनबाट प्रभावित थिए । 

आजै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्णपण गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्