२८ जेठ २०८३, बिहीबार

मन्त्री मोदीको चिन्ता - नयाँ पुस्ताबाट देश नै कोल्याप्स हुने हो कि !

फागुन २७, २०७९
मन्त्री मोदीको चिन्ता - नयाँ पुस्ताबाट देश नै कोल्याप्स हुने हो कि !

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नयाँ पुस्ताहरुलाई कानूनमा बाँध्न नयाँ कानून निर्माण गर्न लागेको बताएका छन्। 

शनिबार मन्त्रालयमा आयोजित विभिन्न संवैधानिक आयोगका अध्यक्ष र सदस्यसँगको संघीय निजामती सेवाको विधेयकका सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताए।

उनले नयाँ पुस्ता कानूनको परिधिभित्र नरहेको अवस्थालाई मध्यनजर गरेर नै कानून निर्माण गरिएको बताए।

नयाँ पुस्ता दण्डहीनतामा गइरहेको र भावी पुस्ताका कारण देशमाथि नै खतरा हुने हो कि भन्ने डर सिर्जना भइरहेको भन्दै त्यसलाई नियन्त्रणमा राख्न नयाँ कानूनको निर्माण गरिएको उनले बताए।

उनले संघीय निजामती ऐन अन्तिम चरणमा रहेको पनि बताए।

निजामती सेवाभित्रका विद्यमान विकृति र विसंगति न्युनीकरण गर्न संघीय निजामती सेवा ऐन महत्वपूर्ण रहेको उनले उल्लेख गरे।

'तुलनात्मक रूपमा अझै पनि निजामती सेवाभित्र पहुँचविहीन कर्मचारीहरू रहेका छन्, उनीहरूलाई अवधिभर विकट क्षेत्रमा बसेर सेवा गर्नुपर्ने बाध्यात्मक अवस्था छ,आवाजविहीनलाई न्याय दिनेगरी ऐन निर्माण गरिएको छ,' उनले भने। 

salt training

कमेन्ट गर्नुहोस्