०८ असार २०८३, सोमबार

काठमाडौँ उपत्यकासहित पहाडी भेगमा शनिबार साँझ वर्षा

फागुन २७, २०७९
काठमाडौँ उपत्यकासहित पहाडी भेगमा शनिबार साँझ वर्षा

काठमाडौं उपत्यकासहित बागमती प्रदेशका पहाडी जिल्लामा शनिबार साँझ मेघगर्जनसहित केहीबेर वर्षा भएको छ। 

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको भइरहेको छ।

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलि भने  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुने सम्भावना रहेको जनाइएको छ। 


 

salt training

कमेन्ट गर्नुहोस्