३० जेठ २०८३, शनिबार

पहाडी भूभागका केही स्थानमा  मेघगर्जनसहित वर्षा हुने

फागुन २८, २०७९
पहाडी भूभागका केही स्थानमा  मेघगर्जनसहित वर्षा हुने

आइतबार दिउँसो देशको पहाडी भूभागका केही स्थानमा  मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 
जसका कारण आइतबार बिहानैदेखि पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ।  यस्तै दिउँसो पहाडी भूभागका केही स्थानमा वर्षा हुनुबाहेक अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ।  

यस्तै राति  पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्