०४ साउन २०८३, सोमबार

स्ववियु निर्वाचनः आज उम्मेदवारको नामावली उपर दाबी विरोध

फागुन २८, २०७९
स्ववियु निर्वाचनः आज उम्मेदवारको नामावली उपर दाबी विरोध

 त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तरगत आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ ।  बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको छ । 

उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि फागुन २८ गते बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ । 

स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । 

निर्वाचनका लागि देशभरका क्याम्पसमा शनिबार उम्मेदवारी भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्