१९ असार २०८३, शुक्रबार

सनकी समूह : रमाइलोका लागि जनावरलाई गरे यस्तो दुर्व्यवहार, अहिले छन् जेलमा

कात्तिक २०, २०७४
सनकी समूह : रमाइलोका लागि जनावरलाई गरे यस्तो दुर्व्यवहार, अहिले छन् जेलमा

काठमाडौं, ११ भदौ — जनावरप्रतिको क्रूरताका समाचारहरू यदाकदा आइरहेका हुन्छन् र रुसको खाबरोभ्स्क शहरमा भएको घटना पढ्दा चाहिँ आत्मा नै काँप्न पुग्छ ।


त्यहाँका तीनजना टीनएजरहरू एलिना आलरेभा, अल्योना साभचेन्को र भिक्टरले अनेकौं बिरालो र कुकुरलाई तड्पाई तड्पाई मारेर उनीहरूको मुटु निकालेर त्यसको फोटो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

उनीहरूलाई जनावरप्रतिको क्रूरताका लागि पक्राउ गरिएको छ र अदालतले पनि तीन वर्षको सजाय सुनाइसकेको छ ।


समाचारमा आएअनुसार उनीहरू रमाइलोका लागि जनावरलाई मार्ने गर्थे । प्रहरीले उनीहरूलाई कठोर केरकार गरेपछि उनीहरूले इजिप्टको ईश्वरलाई खुशी पार्न यसो गरेको बताए ।


एलिना आलरेभाले प्रहरीलाई बताएअनुसार कुकुर बिरालोलाई मारेपछि मुटु निकालेर उनीहरू इजिप्टको ईश्वरलाई चढाउँथे । ईश्वर यसबाट खुशी हुने उनीहरूको विश्वास थियो । यिनीहरू आफू बस्ने ठाउँमा कुकुर बिरालो मार्ने गर्थे ।

त्यहाँका मानिसले आफ्ना घरपालुवा जनावर हराएको उजुरी गरेका थिए ।


एलिना र अल्योना त हरर फिल्मको जस्तो मेकअप पनि गर्ने गर्थे । उनीहरू आफूलाई शैतानको ग्यांगको सदस्य माज्थे । ग्यांगमा भिक्टर सिसलाएभ पनि थिए । सामाजिक सञ्जालमा जनावरलाई यातना दिएर मारेको फोटो र भिडियो शेयर गरेपछि उनीहरू आलोचकको निशानामा आएका थिए ।


यस मामिलामा प्रहरीले सबभन्दा पहिले एलिनालाई पक्राउ ग–यो । त्यसपछि अल्योना र भिक्टर पनि पक्राउ परे ।


एउटा फोटोमा त उनीहरूले एउटा कुकुरलाई भित्ताको कीलामा झुण्ड्याएको देखियो । अर्कोमा चाहिँ उनीहरूले बिरालोलाई काटेर त्यसको मुटु निकालेको देखिन्थ्यो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्