०७ असार २०८३, आइतबार

एनआरएनए स्पेनद्वारा नेपालीको साझा समस्यामा सहयोग गरिदिन प्रमुख दलका नेतालाई ध्यानाकर्षण

कात्तिक २०, २०७४
एनआरएनए स्पेनद्वारा नेपालीको साझा समस्यामा सहयोग गरिदिन प्रमुख दलका नेतालाई ध्यानाकर्षण

स्पेन, ११ भदौ - गैरआवाशिय नेपाली संघ स्पेनले स्पेनबासी नेपाली समुदायहरुको सा“झा समस्यामा नेपालका प्रमुख राजनितिक दलहरुको भुमिका विषयमा गरेको छ । शुक्रबार एनआरएनएको आफ्नै भवनमा स्पेनबासी नेपालीहरुको दुख पिढाको बारेमा पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका महासचिब ईश्वर पोखरेलको उपस्थितीमा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।


स्पेनका नेपालीहरुले भोग्दै आएका समस्यामा उच्च राजनितिक दलका नेताहरुले स्पेनसरकार तथा नेपाल सरकारको पहल गर्नुपर्नेमा एमाले महासचिव पोखरेललाई ध्यानाकर्षण गराएका थिए ।

स्पेनबासी नेपालीहरुको विगत लामो समय देखि परिवार पुनर्मिलनमा स्वास्थ्य परिक्षण रिपोर्ट,पुलिस रिपोर्ट,स्पेनीस भाषा अनुबाद प्रमाणिकरणमा नेपालीहरुले भोग्दै आएको समस्याका बारेमा एमाले पार्टीका महासचिव तथा पुर्व उपप्रधान एवम् परराष्ट्रमन्त्री समेत रहेका ईश्वर पोखरेललाई नेपाल सरकार तथा आफ्नो पार्टीले पनि सकारात्मक भुमिका खेल्दिन अनुरोध गरेका छन् ।

जनप्रगतिशिल मंञ्चका अध्यक्ष गंगा भुषालले नेपालहरुको समस्यामा प्रमुख दलका नेताहरुले उच्च तहबाट आवश्क रुपमा छलफल गरेर सकारात्मक निर्णय गरिदिन आग्रह गरेका थिए ।

एनआरएनएका सदस्य सोनु राउतले नेपालका प्रमुख दलहरुले आफ्नो नागरिको लागि प्रवासबाट लामो समयमा घर फर्किदा त्रिभुवन अन्तराषर््िट्रय विमानस्थलमा चेकजाचको नाममा अनावश्यक दुख दिने तथा अभद्र ब्यवहार गर्नेहरुलाई दलहरुले कर्मचारी तन्त्रलाई सच्याउनु पर्नेमा आफ्नो गुनासो राखेका थिए ।

नेपाली पाठशालाकी शिक्षिका सरला सापकोटाले देशबाट धेरै पर रहेका हाम्रो नेपाली समुदायलाई राज्यले अपहेलना गरेको भन्दै राज्य स्तरबाट पहल गरेर नेपाल सरकारले स्पेनमा दुताबास खोल्न सक्रियता देखाए सरह नेपालमा पनि खोल्न आवश्य छलफ गरिदिन आग्रह गरेकी थिइन् ।

गैरआवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका निर्वतमान अध्यक्ष तथा प्रस्तावित आईसिसि सदस्य मुक्त बहादुर गुरुङ्गले नेपालीहरुको विकराल समस्यामा सबै क्षेत्रबाट समनवय गरेर उच्च तहमा छलफल चलाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा एनआरएनएका अध्यक्ष चिन्तामणि सापकोटाले राष्ट्र हाक्ने राजनेताहरुले गैरआवाशिय नेपालीहरुको मनोभावनालाई सम्मान गदै समृद्धि नेपाल निर्माणमा धेरै थोरै सहयोग गरेका नेपालीहरुको पिडामा परराष्ट्र नितिबाटै आवश्यक छलफल गरेर नेपालीहरुको कागजपत्र प्रमाणिकरणमा आएको समस्यालाई नेपालमै हुने गरी स्पेनीस दुताबासको ब्यवस्थापनका लागि पहल गरेर टुङ्ग्याउनु पर्नेमा एमाले महासचिव पोखरेललाई विशेष आग्रह सहित अनुरोध गरेका थिए ।

सबै नेपालीहरुको समस्यालाई आफ्नो तर्फबाट सम्भव भए सम्म सकारात्मक पहल गर्ने एमाले प्रतिबद्ध रहेको र सबै दललाई एनआरएनएबाट झक्झकाउन महासचिव पोखरेले सुझाव दिएका थिए । कार्यक्रममा स्पेनस्थित सम्पुर्ण राजनितिक दलका भातृ संगठन तथा सामाजिक संघ संस्था तथा कलाकार,पत्रकार,समाजसेवी,पाठशालाका प्रतिनिधिहरु लगाएत सबैको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्