कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया शुरू गरेको छ ।
विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो ।
सुकुम्बासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए । उनले सम्बन्धित सुकुम्बासीकै कुरा सुनेपछि समाधान गर्न सहज हुने भएकाले छलफल आयोजना गरेको प्रष्ट पारे ।
प्रमुख कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । उनले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकी लगायतका आधारभूत सुविधा सहितको एकीकृत बस्ती निर्माण गरेर सुकुम्बासीलाई व्यवस्थित गर्ने योजना रहेको सुनाए ।
‘हामीले व्यवस्थित गर्ने कोसिस गरेका छौं,’ प्रमुख कोइरालाले भने, ‘घरसहित व्यवस्थित गर्ने योजना छ । यसमा तपाईंहरूको पनि साथ चाहिन्छ । सक्नेले आर्थिक र नसक्नेले श्रमदान गर्नुपर्छ । यसो गर्दा आफूले पाएको चिजको महत्त्व र माया हुन्छ ।’
उपप्रमुख शिल्पा निराला कार्की समेतको उपस्थितिमा भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले छलफलको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले सडक छेउछाउ निर्माण गरिएका अव्यवस्थित झुप्राझाप्रीले महानगरको सौन्दर्यतामा समेत ह्रास आएको दाबी गरे ।
कार्यक्रममा नेपाल बसोबास बस्ती संरक्षण समाजका नगर अध्यक्ष हीराकाजी श्रेष्ठ, नेकपा माओवादी केन्द्र निकट क्रान्तिकारी भूमिहीन संगठनकी इन्दिरा पौडेल चौलागाईं, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश दाहाल, सुकुम्बासी संगठनमा आबद्ध कोसी पौडेल, रमेश ऋषिदेव, कुलबहादुर गुरुङ, चम्पादेवी, लक्ष्मी खड्का, जीतेन्द्र ऋषिदेव महानगरपालिकाले पहिलोपटक बोलाएर छलफल गरेकोमा खुशी व्यक्त गरेका थिए ।
अहिलेको महानगरको नेतृत्व सुकुम्बासी समस्या समाधान गर्न गम्भीर भएर लागेको आफूहरूले पाएको उनीहरूको भनाइ थियो । महानगरले छानबिन गरेर वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थित गर्नुपर्नेमा वक्ताले जोड दिएका थिए ।
छलफलमा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, १२ हीरालाल कामत, १५ प्रकाश साह, १८ का जीतेन्द्रकुमार साह, कार्यपालिका सदस्य कमला श्रेष्ठ, सरिता घिमिरे, दीपक कर्ण लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...