२१ असार २०८३, आइतबार

अनुगमनकारी इकाइहरू कमजोर भए, सबलीकरण गरौं– पूर्वमन्त्री साह

फागुन २९, २०७९
अनुगमनकारी इकाइहरू कमजोर भए, सबलीकरण गरौं– पूर्वमन्त्री साह

पूर्वमन्त्री गणेश शाहले उपभोक्ता सचेतनासँगै अनुगमनकारी निकायको सबलीकरण बनाउन आवश्यक रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका अनुगमनकारी निकायहरू कमजोर भएको महसूस भइरहेको बताएका हुन् ।

पूर्वमन्त्री साहले अनुगमन र निरीक्षणको विस्तार एवं प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीत, नियम बनाएर अघि बढ्न जरुरी रहेको बताए ।

उनले भने, ‘अनुगमन कार्य इकाइ, खाद्य, ट्राफिक जति पनि होस्, त्यसको अनुगमन कार्य इकाइहरू कमजोर भएकोजस्तो लाग्यो । उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण र प्रभावकारी बनाउन आवश्यक छ । ऐन नबने पनि ऐनको परिमार्जन गरौं । इलिगल स्टाटस, ऐन, कानून, नियम, नियमावलीको वृहत् छलफल गरेर संशोधन गर्नुपर्छ ।’

त्यस्तै उपभोक्ता अधिकारवादी ज्योति बानियाँले डिजिटल माध्यमहरूलाई समयानुकुल बनाउँदै लैजानुपर्ने बताए । उनले सेवाको गुणस्तरलाई विस्तार गर्दै लैजान आवश्यक रहेको बताए ।

इन्टरनेट सेवाको चुस्तता कमजोर रहेकाले त्यसमा विचार गर्नुपर्ने आवश्यक्ता उनले औंल्याए ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले नयाँ प्रविधिमार्फत सेवाहरू पनि प्रवाह गर्न दूरसञ्चार प्राधिकरणले आफ्नो भूमिका खेलिरहेको बताए । प्राधिकरणले उपभोक्ताको अधिकारको सबालमा सक्दो काम गर्दै आएको उनको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्