११ साउन २०८३, सोमबार

रामसहायलाई समर्थन गर्दै प्रमिलाले लिइन् उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता

फागुन २९, २०७९
रामसहायलाई समर्थन गर्दै प्रमिलाले लिइन् उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता

जसपा नेत्री प्रमिलाकुमारी यादवले उपराष्ट्रपतिमा दिएको उम्मेदवारी फिर्ता लिएकी छिन् ।

जसपाकै संसदीय दलका नेता रामसहाय यादवको उम्मेदवारीलाई समर्थन गर्दै प्रमिलाले उम्मेदवारी फिर्ता लिएकी हुन् । 

विज्ञप्ति जारी गर्दै यादवले प्राविधिक रूपमा आफू उम्मेदवार बने पनि रामसहायलाई समर्थन गरेको घोषणा गरेकी हुन् । 

उपराष्ट्रपतिका लागि यादव समक्ष र योग्य रहेको उनको भनाइ छ । 

निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायम गराएपछि प्रमिलाको उम्मेदवारी जसपाले फिर्ता गराएको हो ।

salt training

कमेन्ट गर्नुहोस्