३० असार २०८३, मंगलबार
राष्ट्रपति पौडेलको शपथ

शीतल निवासमा नयाँ राष्ट्रपतिको शपथ, निवर्तमानको बिदाइ [फोटोफिचर]

फागुन २९, २०७९
शीतल निवासमा नयाँ राष्ट्रपतिको शपथ, निवर्तमानको बिदाइ [फोटोफिचर]

नवनर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमवार दिउँसो आयोजित विशेष समारोहमा पौडेलले शपथ लिएका हुन् । 

null

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका हुन् । 

पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

शपथ समारोहमा निवर्तमान राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति लगायतको उपस्थिति थियो । 

null

निवर्तमान राष्ट्रपतिको बिदाइ

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बाहिरिएकी छिन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई पदभार हस्तान्तरण गरेर भण्डारी शीतल निवासबाट बाहिरिएकी हुन् ।

भण्डारीको बिदाइमा नेपाली सेनाले टुँडिखेलबाट २१ तोपको सलामी अर्पण गरेको थियो ।

भण्डारीको बिदाइका लागि राष्ट्रपति पौडेल उनको गाडीसम्मै पुगेका थिए ।

निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपहार प्रदान गरेका थिए । 

null

२०७२ कात्तिक ११ गते भण्डारी पहिलोपटक नेपालको राष्ट्रपति चुनिएकी थिइन् ।

भण्डारी दोस्रो कार्यकालका २०७४ फागुन २९ मा पुनः निर्वाचित भएकी थिइन् ।

दुईपटक गरी करीब साढे ७ वर्ष हाराहारी उनी नेपालको राष्ट्रपति रहिन् ।

बूढानिलकण्ठ चपलीस्थित निजी निवासको मर्मतसम्भार नसकिएकाले भण्डारी केही समय छोरीको घरमा बस्ने बताइएको छ ।

उनी तत्काल राजनीतिमा फर्किने चर्चा समेत चलिरहेको छ ।

हेर्नुहोस्, थप तस्वीरहरू :

nullnullnullnullnull

तस्वीर : प्रदीपराज वन्त

salt training

कमेन्ट गर्नुहोस्