
काठमाडौं, ११ भदौ - १५ वर्ष मुनिको साफ च्याम्पियनसिपको फाइनलमा नेपालले एक गोल हानेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भइरहेको प्रतियोगितामा नेपालले भारतलाई एक गोल हानेको हो । नेपालले पेनाल्टी मार्फत खेलको ४० औं मिनेटपछि गोल हानेको हो ।
डिबक्समा भारतीय खेलाडीले गल्ती गरेपछि अम्पायरले नेपाललाई पेनाल्टीको मौका दिएका थिए । सो पेनाल्टीको अवसरलाई नेपालले सहि सदुपयोग गरेर खेलमा अग्रता कायम गरेको हो । अहिले पहिलो हाफको खेल सम्पन्न भएको छ ।
फाइल तस्वीर