३२ असार २०८३, बिहीबार

बाबुराम आचार्य र इतिहास विषयक प्रवचन सम्पन्न

फागुन ३०, २०७९
बाबुराम आचार्य र इतिहास विषयक प्रवचन सम्पन्न

बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । इतिहास शिरोमणि बाबुराम आचार्यको १३६ औं जन्मजयन्तीका उपलक्ष्यमा सोमबार सो कार्यक्रम सम्पन्न गरिएको हो ।  बाबुराम आचार्य स्मृति प्रतिष्ठानको आयोजना र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले पानसमा दीप बालेर कार्यक्रमको उदघाटन गरेका थिए । सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालको सभाध्यक्षमा भएको कार्यक्रमा बाबुराम आचार्यको योगदानको बारेमा चर्चा गरिएको थियो । 

१९४८ बाट मोतिराम भट्टले सुरु गरेको समालोचनाको परम्परामा आचार्यको योगदान रहेको चर्चा वक्ताहरुले गरेका थिए । भानुभक्त अघि नै कविहरु थिए भन्ने भनिए पनि कोको थिए स्पष्ट पार्ने काम मोतिरामले गरेको चर्चा गरिएको थियो । नेपाली साहित्यको इतिहास र समालोचना र यसका प्रवृत्तिहरुको उजागर गर्ने काम बाबुराम आचार्यले गर्नुभएको प्रसंगमा वक्ताले जोड दिएका थिए । 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राई, उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा), पूर्व उपकुलपति डा. जगमान गुरुङ, पूर्व प्राज्ञपरिषद् सदस्य प्रा. दिनेशराज पन्त, प्रवचनकर्ताहरु प्रा.डा. त्रिरत्न मानन्धर, पूर्व राजदूत राजेश्वर आचार्य र प्रा.डा. सुरेन्द्र केसी लगायतको सहभागिता थियो ।  

बाबुराम आचार्य २०२० सालमा प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य बनेका थिए । डा. जगमान गुरुङले नेपाल राष्ट्र र राष्ट्रियताका लागि धेरै लेख्नु वा बोल्नु नपर्ने बताए । एक आदर्श वाक्यले पनि मान्छेलाई महान बनाउने उनको भनाइ छ । माधवप्रसाद घिमिरेले नेपाली हामी रहुँला कहाँ नेपालै नरहे जस्ता वाक्य लेखेरै महान भएको उनले चर्चा गरे ।

salt training

कमेन्ट गर्नुहोस्