१० साउन २०८३, आइतबार

चैत १० देखि संघीयताविरुद्ध अभियान चलाउने जनमोर्चाको निर्णय

फागुन ३०, २०७९
चैत १० देखि संघीयताविरुद्ध अभियान चलाउने जनमोर्चाको निर्णय

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले सङ्घीयताका विरुद्ध यही चैत १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ ।  उक्त अभियान अन्तर्गत सभा र कोणसभाहरू गरिने जनमोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।
बुटवलमा सम्पन्न भएको जनमोर्चाको राष्ट्रिय परिषदको प्रथम बैठकले  चैत २४ गते  देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ” भन्ने मूल नाराका साथ जनआन्दोलन दिवस मनाउने निर्णय पनि गरेको छ । 

यस्तै बैठकले आगामी वैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन तथा भेला गर्ने तय गरेको छ । असोज महिनामा देशव्यापी रूपमा एक महिने सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ । 

बैठकले वैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इशाईकरणका विरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णय पनि गरेको छ । जसअनुसार राष्ट्रिय जनमोर्चाले केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको अध्यक्ष केसीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्