१९ असार २०८३, शुक्रबार

तुलसी सहकारीका प्रबन्धकसहित तीन पक्राउ

फागुन ३०, २०७९
तुलसी सहकारीका प्रबन्धकसहित तीन पक्राउ

विराटनगर महानगरपालिका–२ स्थित तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम ठगी भएको घटनामा संलग्न सो सहकारीका क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा क्षेत्रीय प्रबन्धक विराटनगर महानगरपालिका–२ बस्ने मन्दिप खवास, संस्थाको उपाध्यक्ष उर्लाबारी नगरपालिका–६ घर भएकी अनिता गौतम र संस्थाको सचिव झापा भद्रपुर नगरपालिका–१४ घर भई हाल विराटनगर महानगरपालिका–३ बस्ने सविना न्यौपाने रहेका छन् । 

२०५२ मा स्थापना भएको सो संस्थाको मुख्य कार्यालय विराटनगर महानगरपालिका –२ मा रहेको र फागुन १ गतेदेखि सेयर सदस्यलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।  

सो संस्थाले बाल बचत ज्येष्ठ नागरिक बचत भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत  अवधि बचत, कर्मचारी चल्ती बचत विशेष बचत, साधारण बचतलगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशतभन्दा बढी व्याज, बोनसलगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन दिंदैआएको थियो ।

सञ्चालकहरु नै फरार भएपछि आफूहरु ठगीमा परेको थाहा पाई फागुन २८ गते केही बचत कर्ताहरुले १२ करोड ९ लाख ४ हजार ४ सय ८७  रूपैया बराबरको रकम ठगी भएको भनि संस्थामा कार्यरत ८ जनाको बिरुद्धमा पीडितले जाहेरी दिएपछि पक्राउ गरेको प्रहरीको भनाइ छ । घटनामा संलग्न अन्य ५ जनाको खोजी जारी रहेको प्रहरीले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्